घट्यो सुनको मूल्य, चाँदीको भने बढ्यो

काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । गत शुक्रबार १ हजार रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो । आज सुनको मूल्य २ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार भने सुनको मूल्य १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । सो मूल्य हालसम्मकै उच्च हो ।

आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य ५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३३० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार