जगदम्बा मोटर्सले ‘इमास-७’ गाडी खरिद गर्दा २ लाख ९९ हजार रुपियाँ नगद छुट दिने

काठमाडौं । प्रोटोनको नेपालको लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘इमास-७’ गाडी खरिद गर्दा २ लाख ९९ हजार रुपियाँ नगद छुटको व्यवस्था मिलाएको छ । हाल भृकुटिमण्डमा सञ्चालन भइरहेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५’ मा सहभागी भइ प्रोटोन इमास-७ गाडीको खरिदमा उक्त रकम छुट पाइने कम्पनीले बताएको हो ।

साथै, गाडीको किन्दा जगदम्बा फाइनान्सिङ मार्फत ४ वर्षको लागि शून्य प्रतिशत ब्याजदरमा ६० मिनेटभित्रै ऋण स्वीकृत हुने पनि कम्पनीले बताएको छ । नेपाली बजारमा इमास-७ को प्राइम र प्रिमियम गरी दुईवटा मोडलमा उपलब्ध छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार