सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । आज सुन १ सय रुपियाँ घट्दा चाँदी प्रतितोला २५ रुपियाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९८ हजार ४ सय रुपियाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी प्रतितोला २ हजार ३ सय ५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार