काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध उजुरी दिइएको छ । आफूलाई अभियन्ता बताउने युवराज पौडेल ९सफल०ले राईविरुद्ध आइतबार ९साउन ११० अख्तियारमै उजुरी दिएका हुन् ।
उजुरीमा पौडेलले वाइडबडी विमान, नेपाल आयल निगम जग्गा घोटाला, नक्कली भुटानी शरणार्थीलगायत प्रकरणमा मुछिएका राईमाथि आवश्यक छानबिन र कारबाही गर्न माग गरेका छन् ।