काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको राजधानी बैंकक जाने भएका छन्।
यही चैत १९ देखि २३ गतेसम्म थाइल्याण्डको राजधानी बैंककमा आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमेस्टेक) को छैटौँ शिखर सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीे नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाउने भएको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमण स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
मन्त्री गुरुङका अनुसार प्रधानमन्त्री ओली आगामी चैत १९ गते त्यसतर्फ प्रस्थान गर्नेछन्।