राष्ट्र बैंकको कारवाहीमा परे दुई वाणिज्य बैंक र दुई फाइनान्स कम्पनी

काठमाण्डौ । गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमास ४ वटा बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारावाहीमा परेका छन् । यो अवधिमा २ वटा वाणिज्य बैंक र दुईवटा फाइनान्स कम्पनी राष्ट्र बैंकको कारवाहीमा परेका हुन् ।

राष्ट्र बैंकको कारवाहीमा पर्नेमा सिटिजन्स बैंक इन्टरनेशनल, एनआइसी एशिया बैंक, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स र पोखरा फाइनान्सलाई रहेका छन् ।

सिटिजन्स बैंकले राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागबाट प्रेषित निर्देशन विपरीत बैंकका प्रमुख कार्यकारी अधिकृतको करार सम्झौतामा संशोधन गरी प्रमुख कार्यकारी अधिकृतको सुविधा वृद्धि गरेको राष्ट्र बैंकले जनाएको छ । यस विषयमा राष्ट्र बैंकले सिटिजन्स बैंकका सीईओलाई सचेत गराएको छ ।

यस्तै सिटिजन्स फास्ट ट्रयाक कर्जा अन्तर्गत कर्जाको उपयोगको सम्बन्धमा आन्तरिक लेखापरीक्षकबाट विस्तृत अध्ययन गर्न यस बैंकबाट दिइएको निर्देशनको पालना नगरेको राष्ट्र बैंकले जनाएको छ । यस विषयमा केन्द्रीय बैंकले बैंकलाई सचेत गराएको जनाएको छ ।

यसैगरी ब्याजदर अन्तरको गणना गलत तरिकाबाट गरेको, नयाँ कर्जा प्रवाह गरी पुरानो कर्जा तथा ब्याज चुक्ता गरेको, दाबी परेका बैंक जमानतको भुक्तानी तोकिएको समयवाधिभित्र नगरेको, लामो समयसम्म निरन्तर अस्थायी रूपमा म्याद, बढाइएका कर्जाहरूमा नियम अनुसार कर्जा नोक्सानी व्यवस्था कायम नगरेको राष्ट्र बैंकले जनाएको छ ।

चालुपूँजी सम्बन्धी मार्गदर्शन, पूर्णरूपमा पालना नभएको, तोकिएका क्षेत्रमा प्रवाह भएका कर्जाको गलत रिर्पोटिङ समेत गरेकाले बैंकका सीईओलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार