काठमाडाैँ । गएको छ । चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा मात्रै बैंकहरूबाट ऋण लिएर समयमा नतिर्ने ३७ हजार ५ सय २३ ऋणी कालोसूचीमा परेका छन् ।
कर्जा सूचना केन्द्रले २०४६ सालदेखि विभिन्न बैंक तथा वित्तीय संस्थाबाट रकम लिनेहरूमध्ये समयमा नतिर्नेको नाम कालो सूचीमा राख्न थालेको हो । सुरुका वर्षमा कालो सूचीमा पर्नेहरूको संख्या निकै कम थियो । यस साल एक ऋणी कालोसूचीमा परेका थिए । यस वर्ष बाँसबारी छाला जुत्ता उद्योग कालोसूचीमा परेको थियो । त्यसयता २०८१ फागुन २५ गतेसम्म १ लाख १० हजार भन्दा बढी ऋणी कालोसूचीमा परेका छन् । पछिल्ला वर्षहरूमा कालो सूचीमा पर्नेको संख्यासँगै निष्कृय कर्जा र चेक बाउन्स रकम पनि बढेको छ ।