घट्यो सुनको मूल्य, आज कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँ घटेको हो । महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ८९ हजार ४०० रुपैयाँमा भइरहेको छ ।

बिहीबार सुन प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य आज तोलामा २ हजार १६५ रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार चाँदीको मूल्य तोलामा २ हजार १७५ रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार