काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले जेठ २३ गतेदेखि निष्कासन गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने म्याद थप भएको छ ।
यसअघि आज निष्कासन बन्द गर्ने भनिएकामा पर्याप्त आवेदन नपरेपछि म्याद थप गरेर असार २७ गतेसम्म कायम गरिएको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न अनुमति पाएबमोजिम प्रतिकित्ता १०० रुपियाँका दरले ३८ लाख ९ हजार ७७५ कित्ता हकप्रद शेयर निष्कासन गरेको छ । जसबाट ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपियाँ संकलन हुनेछ ।
हकप्रद निष्कासन प्रयोजनाका लागि कम्पनीले जेठ २ गते बुक क्लोज गरिसकेको छ । जेठ १ गतेसम्म कायम शेयरधनीले मात्रै यसमा आवेदन दिन पाउनेछन् ।