ग्वार्को चोकमा खुल्यो फरक स्वादसहित ‘कोप्चे फुड’

ललितपुर । ‘कोप्चे फुड’ले ग्वार्काे चोकमा आइतबार नयाँ परिकारको खाजा सेट ‘कोप्चे’ नेपाली बजारमा सञ्चालनमा ल्याएको छ । कोप्चे फुडले खाना पारखीहरुलाई भिन्नै किसिमको स्वाद प्रदान गर्न यस किसिमको नयाँ खाजा सेट सञ्चालनमा ल्याएको हो । स्वस्थ, मिठो, सस्तो र फरक स्वादका रुपमा यस खाजा सेटलाई बजारमा प्रबद्र्धन गर्ने हेतु यस फरक खाजालाई संचालनमा ल्याएको कोप्चे फुडका संचालक रुपक शाक्यले जाकारी दिए ।

ग्वार्को चोकमा दुई सटरबाट शुरु गरिएको यस खाजा घरलाई भविष्यमा नेपाल अधिराज्यभरि विस्तार गर्ने सोच कोप्चे फुडले  लिएकाे शाक्यले बताए । कोप्चे फुडमा कोप्चे खाजा सेट सहित नेवारी खाजा परिकारको स्वाद लिन सकिनेछ भने उपत्यकाभित्र फ्रि-होम डेलिभरीको पनि व्यवस्था गरिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार