१० मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल सम्पन्न

काठमाडौं । प्रतिनिधिसभा बैठकमा शनिबार (असार ७) विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न १० मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल सम्पन्न भएको छ ।

संघीय मामिला तथा समान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, रक्षा, स्वास्थ्य तथा जनसंख्या, खानेपानी, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, गृह र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका विनियोजन विधेयकमाथिका विभिन्न शीर्षकमा छलफल गरिएको हो ।

छलफलमा सांसदहरू डा. चन्द्रकान्त भण्डारी, सुनिता बराल, देवेन्द्र पौडेल, रमा कोइराला पौडेल, भगवती चौधरी, मीना तामाङ, लालप्रसाद साँवा लिम्बू, विमला सुवेदी, दीपा शर्मा, देवप्रसाद तिमिल्सिना, नागिना यादव, सराज अहमद फारुकी, कान्तिका सेजुवाल, हितराज पाण्डे दिनेशकुमार यादव, नारायणप्रसाद आचार्य, शान्ति विक र हृदयराम थानी सहभागी भए ।

सभामुख देवराज घिमिरेले विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय र सचिवालयको विनियोजन शीर्षकमाथिको छलफल र सम्बन्धित मन्त्रीको जवाफका निम्ति यही असार ८, ९ र १० गतेका लागि समय निर्धारण गरिएको जानकारी गराए ।

प्रतिक्रिया
सम्बन्धित समाचार