इजरायल–इरान युद्धले इन्धनको मूल्यमा भारी वृद्धि हुने खतरा

काठमाडौं । इजरायलले इरानमाथि गरेको आक्रमण र इरानको प्रतिक्रियाले विश्वव्यापी वित्तीय बजारमा हलचल ल्याएको छ । सोही कारण आइतबार खाडी क्षेत्रलगायतका अरु केही मुलुकका शेयर बजारहरुमा ठूलो मात्रामा गिरावट आएको थियो ।

युद्ध तत्काल रोकिने कुनै संकेत नभएकाले शेयर बजारमा गिरावट आएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयर्टसले जनाएको छ । रुस–युक्रेन युद्ध सेलाउन नपाउँदै चर्किएको इजरायल–इरान युद्धले विश्व युद्धको डरलाग्दो आगमनलाई समेत संकेत गरेको छ ।

इजरायले इरानमाथि आक्रमण गर्ने घोषणा गरेदेखि नै तेलको मूल्य बढको थियो । इरानसहितका तेल उत्पादक मुलुकहरुले इन्धनको मूल्यमा अब भारी वृद्धि हुने संकेत पनि दिइसकेका छन् । बीबीसीका अनुसार शुक्रबार बिहान इजरायलले इरानको आणविक केन्द्रमा आक्रमण गरेपछि विभिन्न कम्पनीले १० प्रतिशतभन्दा धेरैले तेलको मूल्य बढाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार