काठमाडौं । वाणिज्य बैंकहरुले असार महिनाका लागि नयाँ ब्याजरदर सार्वजनिक गरेका छन् । प्रत्येक महिनाका लागि पछिल्लो महिनाको अन्तिम दिन (मसान्त)मा नयाँ ब्याजदर प्रस्ताव गर्नुपर्ने बैंकिङ नियम छ । बैंकहरुले असारका लागि सार्वजनिक गरेका नयाँ ब्याजदर अनुसार अधिकांश बैंकहरुले जेठकै ब्याजरलाई निरन्तरता दिएका छन् ।
तथापि, केहीँ बैंकले भने जेठको तुलनामा असारका लागि ब्याजदर घटाएका छन् । एभरेष्ट बैंक, एनआईसी एसिया बैंक, एनएमबी बैंक, कुमारी बैंक र कृषि विकास बैंकले केहीँ ब्याजदर घटाएका छन् । बाँकी १५ वटा बैंकले जेठमा कायम ब्याजदरलाईनै निरन्तरता दिएका छन् ।
प्रस्तावित ब्याजदर अनुसार असारका लागि वाणिज्य बैंकहरुको औसत निक्षेपको ब्याजदर ५.९० प्रतिशत रहेको छ ।