भारतमा २४२ यात्रु सवार विमान दुर्घटनाग्रस्त

जहाजमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी समेत भएको खुलासा

एजेन्सी । भारतको अहमदाबादमा २४२ यात्रु चढेको एयर इन्डियाको विमान दुर्घटनाग्रस्त भएको एएनआई समाचार संस्थाले खबर दिएको छ ।

अहमदाबाद विमानस्थल नजिक रहेको मेघानीनगर क्षेत्रमा उक्त दुर्घटना भएको हो ।

विमानमा २३० यात्रु र १२ चालक दलका सदस्य सवार रहेको प्रारम्भिक रिपोर्टमा उल्लेख गरिएको छ । दुर्घटनाग्रस्त जहाजमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी समेत सवार रहेका थिए ।

उक्त जहाजमा १६९ जना भारतीय, ५३ जना ब्रिटीस ७ जना पोर्चुगिज नागरिक रहेको एयर इन्डियाले पुष्टि गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार