बालेनलाई साथ दिएका सहसचिव प्रदीप परियारविरुद्ध अख्तियारद्धारा भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत एवं सहसचिव प्रदीप परियारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सफल बनाउन निस्वार्थ सहयोग गरेका परियारविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा गर्दा गरिनु अर्थपूर्ण देखिन्छ । परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको हो ।

सामाखुसी करिडोर अन्तर्गतको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको भन्दै परियारविरुद्ध दायर गरिएको छ । सत्ता राजनीतिमा केन्द्रमा रहेका ठूला दल र ठूला नेताहरुलाई चुनौति बन्दै आएका काठमाडौंका लोकप्रिय मेयरलाई असफल बनाउन पछिल्लो समयमा नेकपा एमालेका अध्यक्षसमेत रहेका केपी ओली र शहरी विकासमन्त्री समेत रहेका नेपाली कांग्रेसका प्रकाशमान सिंह सक्रियरुपमा लाग्दै आएका छन् ।

बालेनसँग ट्युनिङ मिलेको देखेपछि परियारलाई समय नपुग्दै सरकारले महानगरपालिकाबाट सरुवा गरेको थियो । अहिले सो ठाउँमा भ्रष्टाचारमा मुछिएका सरोज गुरागाइँलाई जबरजस्ती प्रमुख कार्यकारी अधिकृत बनाएर राखिएको छ । परियार भने अहिले सूचना तथा प्रशारण विभागको महानिर्देशक छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार