धितोपत्र बजार पूँजीकरण ४३.५८ खर्ब नाघ्यो

काठमाण्डौ । २०८२ वैशाख मसान्तमा धितोपत्र बजार पूँजीकरण ४३ खर्ब ५८ अर्ब ७१ करोड कायम भएको छ । २०८१ वैशाख मसान्तमा बजार पुँजीकरण ३१ खर्ब ६९ अर्ब ४८ करोड रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५२.४ प्रतिशत रहेको छ ।

त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.५ प्रतिशत, लगानी कम्पनीको हिस्सा ८.० प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.६ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.६ प्रतिशत, होटेलको हिस्सा २.७ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १०.१ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा २१ अर्ब ८ करोड बराबरको बोनस सेयर, रु.२० अर्ब ३८ करोड बराबरको साधारण सेयर, रु.११ अर्ब ६५ करोडबराबरको हकप्रद सेयर, रु.१ अर्ब २५ करोड बराबरको म्युचुअल फण्ड, रु.१० करोड ६९ लाख बराबरको एफपीओ र रु.३ अर्ब ९६ करोड बराबरको अन्य शेयर गरी कुल रु.५८ अर्ब ४३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १३ अर्ब १९ करोड बराबरको हकप्रद सेयर, रु.११ अर्ब ८० करोडबराबरको म्युचुअल फण्ड, रु.६ अर्ब ८२ करोड बराबरको डिबेन्चर र रु.२ अर्ब २४ करोड बराबरको साधारण सेयर गरी कुल रु.३४ अर्ब ५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार