नाइजेरियामा भारी वर्षा, कम्तीमा ११० जनाको मृत्यु

काठमाडौं । मध्य नाइजेरियामा भारी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ११० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । नाइजर राज्यका आपतकालीन व्यवस्थापन एजेन्सी ९एनएसईएमए०का प्रमुख अबुलाही बाबा–आराले घण्टौँदेखि वर्षा जारी रहेको बताएका छन् ।

“भारी वर्षाका कारण ५० भन्दा बढी घर र त्यसमा बस्ने मानिसहरू बगाएका छन,” उनले भने ।आपतकालीन व्यवस्थापन एजेन्सीका अनुसार मोक्वा सहरको टिफिन माजा र अंगुवान हौसावा जिल्लामा बाढीबाट सबैभन्दा बढी क्षति भएको छ। उद्धार कार्य अझै जारी रहेको अधिकारीहरूले बताएका छन् ।

नाइजेरियाले २०२२ मा पनि ठूलो बाढीको सामना गर्नुपरेको थियो, जसले गर्दा लगभग १३ लाख मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका थिए । जसका कारण ६०० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार