आगामी आर्थिक वर्ष २०८२/८३ बजेट (पूर्णपाठ)

काठमाडौँ – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट ल्याएका छन्‌ । निजी क्षेत्रले सन्तोष व्यक्त गरेको बजेटले राष्ट्रसेवक कर्मचारीलाई खिन्न बनाएको छ भने राज्यबाट सामाजिक सुरक्षा अपेक्षा गरिरहेकाहरूलाई पनि निराश पारेको छ ।

कर्मचारीका हकमा अर्थमन्त्री पौडेल महँगी भत्ता तीन हजार रुपैयाँले बढाएका छन्‌ । जेष्ठ नागरिकले वृद्धभत्ता प्राप्त गर्न ७० वर्षसम्म कुर्नुपर्ने भएको छ । केही महत्वाकाङ्क्षी र केही नियन्त्रित शैलीको बजेटबाट अर्थमन्त्रीले वित्तीय अनुशासन कायम हुने अपेक्षा राखेका छन्‌ । बजेट कार्यान्वयनबाट ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने लक्ष्य छ ।

आगामी आर्थिक वर्षका लागि गरिएको बजेटको अनुमान चालु आर्थिक वर्षको सुरुको अनुमान भन्दा ५.६ प्रतिशतले बढी र संशोधित अनुमानभन्दा १८.२ प्रतिशतले बढी हो ।

बजेट-२०८२_८३

प्रतिक्रिया
सम्बन्धित समाचार