अर्थमन्त्रीबाट राष्ट्रपति पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे ‘ब्रिफिङ’

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे ‘ब्रिफिङ’ गरेका छन् । आज बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर अर्थ मन्त्री पौडेलले आर्थिक वर्ष २०८२–०८३ को बजेटका बारेमा जानकारी गराएका हुन् ।

सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहीबार आगामी आर्थिक वर्षको बजेट ल्याउँदै छ । सोही बजेटका बारेमा मन्त्री पौडेलले राष्ट्रपतिलाई ब्रिफिङ गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार