‘म्याच फिक्सिङ’ शैलीमा गभर्नर नियुक्ति भएको भन्दै सर्वोच्चमा रिट 

काठमाडौं । नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ताहरू अनन्त लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाले शुक्रबार सर्वोच्चमा रिट दायर गरेका हुन् । गभर्नर सिफारिस समितिका सदस्य डा. पौडेललाई ‘म्याच फिक्सिङ’ शैलीमा पहिला उमेदवार निश्चित गरेर पछि समितिबाट सिफारिस गरिएको दाबी रिटमा छ ।

रिटका विषयमा अध्ययन भइरहेको र आवश्यक प्रक्रिया पूरा गरेपछि दर्ता हुने/नहुने निर्णय गर्ने सर्वोच्च प्रशासनले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार