अख्तियारले नियन्त्रणमा लिएका प्रमुख अध्यागमन अधिकृत भट्टराई हाजिरी जमानीमा छुटे

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार उपस्थित हुनेगरी छाडेको छ। भट्टराईलाई बुधबार दिउँसो अख्तियारले नियन्त्रणमा लिएको थियो। अख्तियारको टोलीले बुधबार दिउँसो अध्यागमन कार्यालयमा छापा पनि मारेको थियो।

पक्राउ परेका भट्टराईको मोबाइल जफत गरी बिहीबार उपस्थित हुने गरी बुधबार राति छाडिएको स्रोतले बताएको छ। उनलाई मंगलबार मात्रै गृह मन्त्रालयले सरूवा गरेको थियो। उनको सट्टामा पाँचथरमा प्रमुख जिल्ला अधिकारी रहेका विष्णुप्रसाद कोइरालाको सरूवा भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार