काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुदूरपश्चिम प्रदेशको धनगढी अवस्थित दृष्टि फाउण्डेसन नेपाललाई सहयोग प्रदान गरेको छ । विभिन्न दाताबाट प्राप्त सहयोगबाट संचालन भइरहेको करिब ६५ जना महिला र बालबालिकाहरूलाई सहयोग गरिरहेको सो संस्थालाई बैंकले करिब २ महिनासम्मलाई पुग्ने गरी सरसफाई तथा उपभोग्य सामग्रीहरू उपलब्ध गराएको हो ।
संस्थामा आयोजित एक समारोहकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप महिलाहरू र उनका बालबालिकाहरुलाई सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले संस्थालाई सानै भएपनि सहयोग गर्न पाउँदा आफूलाई धेरै खुशी महशुस भएको कुरा व्यक्त गरे ।
संस्था तथा त्यहाँ रहेका बालबालिकाहरुको उत्तरोत्तर प्रगतिको कामना गर्दै उनले यस्ता संस्थाहरुले मानसिक स्वास्थ्य समस्याबाट पीडित र परिवारविहीन महिला र बालबालिकाहरूको हेरचाहको लागि समाजमा उदाहरण बसाइरहेको पनि व्यक्त गरे ।