काठमाडौं– सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर पदमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मंगलबार नै डा। विश्वनाथ पौडेल, दिनेश भट्टराई र कायममुकायम गभर्नर नीलम ढुंगानको नाम सिफारिस गरेको थियो ।
जसमध्ये प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सहमति अनुसार राष्ट्रिय योजना आयोका पूर्वउपाध्यक्ष पौडेललाई गभर्नर नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले बताए ।