प्रभु बैंकका ग्राहक र कर्मचारीलाई मौलाकाली केबलकार यात्रा निःशुल्क 

काठमाडौं । प्रभु बैंक लिमिटेड, इला होटल्स एन्ड रिसोर्टस र मौलाकाली केबलकारबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यस समझदारीले बैंकका ग्राहक तथा कर्मचारीहरूलाई इला होटल्स एन्ड रिसोर्टस र मौलाकाली केबलकारमा छुट तथा सेवा प्रदान हुनेछ ।

समझदारीपत्रमा प्रभु बैंकका प्रमुख प्रदेश अधिकृत सांग्रिला श्रेष्ठ र इला होटल्स एन्ड रिसोर्ट्स तथा मालाकाली केबलकारका महाप्रबन्धक अरविन्द्र केसीले हस्ताक्षर गरेका हुन् ।

यस सहकार्यअन्तर्गत, प्रभु बैंकका ग्राहक र कर्मचारीले खानपान १० प्रतिशत, केबलकार टिकटमा २० प्रतिशत, आवास सेवामा १० छुट र केबलकार यात्रा निःशुल्क पाउने भएका हुन् ।

यस सम्झौताले दुवै कम्पनीबीच औपचारिक सहकार्यको नयाँ आयाम सुरु गरेको र जसले ग्राहकलाई गुणस्तरीय सेवा र विशेष अनुभव प्रदान गर्ने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंकले नेपालभर ३११ शाखा कार्यालय, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार