रवीन्द्र मिश्रलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न दियाे आदेश 

न्यायाधिशद्वय डा. कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मिश्रलाई थुनामुक्त गर्न आदेश दिएको हो

काठमाडौं । तीनकुनेको राजावादी आन्दोलनको घटनालाई लिएर चैत १५ मा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधिशद्वय डा. कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा प्रत्यक्षीकरणसम्बन्धी रिटमा शुक्रबार साँझ बहस सकिएपपछि उनलाई थुनामुक्त गर्न आदेश दिइएको हो । उनी आफैं आज अदालतमा उपस्थित भएका थिए । मिश्रले आफूलाई राजनीतिक हुकुमप्रमाङ्गीबाट हिरासतमा राखिएको बयान दिएका थिए । आफूले कुनै पनि उपद्रव नगरेको दाबी थियो ।

नजबन्दमा रहेका राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीमाथिको निगरानी अन्त्य भएको, राप्रपाका महामन्त्री धवलशमशेर राणालाई हाजिरी जमानीमा रिहा गर्दा आफूलाई मात्रै हिरासतमा राख्नुपर्ने कुनै कारण नरहेको बताएका उनले भागेर कहीँ नजाने प्रतिबद्धतासमेत जनाएका थिए । तीनकुनेमा अराजक गतिविधि गरेको भन्दै उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । राजावादी समूहले गरेको उक्त प्रदर्शनमा एक पत्रकारसहित दुई जनाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार