भारत–पाकिस्तान युद्धकाे असर : मध्यपूर्वबाट नेपाल आउने जहाजको रुट लम्बियो, भाडा बढ्नसक्ने

काठमाडौँ । भारत–पाकिस्तान युद्धका कारण पाकिस्तानी आकाश हुँदै आएर नेपाल भित्रिने हवाइ जहाजको रुट लम्बिएको छ । दुईतर्फी जहाज उडानमा एकदेखि दुई घण्टासम्म बढी लाग्ने गरेको एयरलाइन्स कम्पनीका आधिकारिक प्रतिनिधिहरू बताउँछन् । मध्यपूर्व अन्तर्गत नेपालबाट कतार, कुवेत, युएई, साउदी अरेबिया, ओमन, टर्की लगायत देशमा नेपालमा उडान हुने गरेको छ ।

ती देशबाट आउँदा अफगानिस्तान र पाकिस्तानको आकाश हुँदै भारत प्रवेश गरेर आउने गरेको थियो । उक्त रुट परिवर्तन गरेर आउन थालेको बताइएको छ । पहिले ४ घण्टा ३० मिनेटमा कतारबाट नेपाल आइपुग्थ्यो । अहिले एकतर्फी उडान अहिले ५ घण्टा १० मिनेट पुगेको छ । त्यही अनुसार अरू एयरलाइन्सको समेत समय बढेको बताइएको छ । यद्यपि अहिलेसम्म उक्त क्षेत्रको हवाइ टिकटको भाउ बढिसकेको भने छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार