वामपन्थी नेता प्रदीप नेपालको निधन 

काठमाडौं– वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको हो ।

नेता नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए ।

उनका अनुसार नेता नेपालको पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्तिम संस्कार गरिने भएको छ ।

उनको जन्म २०१० साल पुस २८ गते भोजपुरको पोखरे गाउँमा भएको थियो। उनी पछिल्लो समय काठमाडौंको गोठाटारमा बस्दै आएका थिए ।

नेता नेपाल नेपालका नेकपा एमालेको ९ महिने शासनकालमा सूचना तथा सञ्चारमन्त्री बनेका थिए। त्यसपछि उनी शिक्षामन्त्री पनि भएका थिए । उनले आफ्नो राजनीतिक जीवनमा सूचना तथा सञ्चार, जलस्रोत र स्वास्थ्यमन्त्रीको जिम्मेवारी पनि सम्हालेका थिए ।

नेपालले २०६४ सालमा शिक्षा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी निर्वाह गरेका थिए । एमालेमा कडा मिजासका बौद्धिक नेताका रुपमा उनी परिचित थिए । उनले २०२६ सालमा सगरमाथा स्वतन्त्र विद्यार्थी युनियनको सदस्यका रुपमा राजनीति थालेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार