रियल टाइम बक्सअफिस प्रणाली कहिलेदेखि लागु हुन्छ ?

काठमाडौं । चलचित्र विकास बोर्डले रियल टाइम बक्सअफिस प्रणाली चाँडै कार्यान्वयन हुने बताएको छ ।

पटक–पटक स्थगित हुँदै आएको रियल टाइम बक्सअफिस प्रणाली अब कार्यान्वयनको अन्तिम तयारीमा पुगेको बोर्डको दाबी छ ।

रियल टाइम बक्सअफिस प्रणाली लागु भएपछि टिकट बिक्री, दर्शक तथ्यांक र आम्दानीसम्बन्धी यथार्थपरक डाटा उपलब्ध हुने बोर्डले जनाएको छ ।

“रियल टाइम बक्सअफिस प्रणाली लागु भएपछि पारदर्शिता र व्यवसायिक विश्वसनीयता बढाउनेछ,” बोर्डले भन्यो, “यसको अनलाइन निर्माण प्रक्रिया सम्पन्न गरेर वैशाख महिनाभित्र उद्घाटन गर्ने तयारी छ ।”

प्रतिक्रिया
सम्बन्धित समाचार