विष्टलाई चार दिन र सांसद राईलाई पाँच दिन थप हिरासतमा राख्ने अनुमति

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई पक्रन पत्र लेख्ने सर्वोच्च अदालतका अधिकृत महिमानसिंह विष्टलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

सर्वोच्चको पत्र अनधिकृत रूपमा पठाएर आफैँ पक्राउ परेका विष्टलाई काठमाडौं जिल्ला अदालतले चार दिन हिरासतमा राख्न अनुमति दिएको हो । चौधरीलाई पक्राउ गराएकै दिन सर्वोच्चबाट आदेश नै नभएको मुद्दामा पत्र पठाएका विष्ट पक्राउ परेका थिए ।

यस्तै, स्वर्णलक्ष्मी सहकारी ठगीमा पक्राउ परेकी कांग्रेस सांसद माया राईलाई प्रहरीले पाँच दिन थप हिरासतमा राख्न अनुमति दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार