जसपा नेत्री डा. बबीसिंह यादवले पेस्तोल पड्काउँदै नाचेको भिडियो भाइरल भएपछि…

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालकी नेत्री डा. बबीसिंह यादवले पेस्तोल पड्काउँदै नाचेको भिडियोका बारेमा प्रहरीले सोधपुछ गर्ने भएको छ । भिडियोमा उनी एक पारिवारिक जमघटमा नाच्दै हवाई फायर गरेको देखिन्छ, जसमा पेस्तोलबाट धुवाँ निस्किएको दृश्य देखिन्छ ।​

बुधबार (वैशाख १७) सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भिडियोमा यादवले नाच्दै गर्दा आकाशतर्फ ताक्दै पेस्तोल पड्काएको देखिन्छ । उक्त भिडियो ‘भाइरल’ भएपछि प्रहरीले चासो देखाएको हो ।

पेस्तोल पड्काएकाविषयमा सोधपुछका निम्ति यादवलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा बोलाइएको छ । यादव सप्तरीको बोदे बरसाइन नगरपालिका–५ की बासिन्दा हुन् । सप्तरीका प्रहरी प्रमुख एवं एसपी ढकेन्द्र खतिवडाले यादवलाई सोधपुछका निम्ति बोलाइएको जानकारी दिए ।

उता डा. यादवले भने उक्त भिडियो भारतको सीतामणिमा आयोजित एक वैवाहिक समारोहको भएको बताउँदै, आफूले नक्कली पेस्तोल (खेलौना) प्रयोग गरेर रमाइलोका लागि फायर गरेको दाबी गरेकी छन्। उनले प्रयोग गरेको पेस्तोल ‘रेञ्जर टोय गन’ नामक खेलौना भएको र त्यसबारे आफूले पछि गुगलमार्फत जानकारी लिएको बताएकी छन्

प्रतिक्रिया
सम्बन्धित समाचार