कोशी प्रदेशमा आजदेखि लगानी सम्मेलन, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं– कोशी प्रदेश सरकारको लगानी सम्मेलन आजदेखि सुरु हुँदैछ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्‌घाटन गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनमा विभिन्न ७१ वटा परियोजना प्रस्तुत गरिने प्रदेश लगानी प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा। सरोज कोइरालाले लगानी सम्मेलनकै क्रममा दुई दर्जनभन्दा बढी परियोजनामा सम्झौता ९एमओयू० हुने जानकारी दिए । जसमा कृषि, पर्यटन, ऊर्जा, उद्योग, पूर्वाधार, सूचना प्रविधिलगायत क्षेत्रहरू छन् ।

सम्मेलनमा कृषि र पर्यटनमा कोशी प्रदेशको सम्भावना, औद्योगिक उत्पादन र बजारीकरण, पूर्वाधार विकास र ऊर्जा, स्वास्थ्य सेवा र मेडिकल शिक्षामा लगानीका अवसर र सम्भावनाका विषयमा छलफल हुनेछ ।

पहिलो दिनको मुख्यसत्रमा कोशी प्रदेशका हकमा लगानीमैत्री वातावरण र तीन तहका सरकारहरू बीचको अन्तरसम्बन्धका विषयमा विज्ञहरू र जनप्रतिनिधिहरूबाट धारणा प्रस्तुत हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार