आज बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपियाँ १३ पैसा र बिक्रीदर १५१ रुपियाँ ७३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७० रुपियाँ १६ पैसा र बिक्रीदर १७० रुपियाँ ८४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपियाँ ९० पैसा र बिक्रीदर २०४ रुपियाँ ७१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८५ रुपियाँ १५ पैसा र बिक्रीदर १८५ रुपियाँ ८९ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपियाँ ०३ पैसा र बिक्रीदर १०६ रुपियाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपियाँ ३६ पैसा र बिक्रीदर १०८ रुपियाँ ७९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपियाँ २५ पैसा र बिक्रीदर ११८ रुपियाँ ७२ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ ५४ पैसा र बिक्रीदर नौ रुपियाँ ५८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ६४ पैसा र बिक्रीदर २२ रुपियाँ ७३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ २६ पैसा र बिक्रीदर ४० रुपियाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ४६ पैसा र बिक्रीदर ४१ रुपियाँ ६२ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ४९ पैसा र बिक्रीदर चार रुपियाँ ५१ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ १५ पैसा र बिक्रीदर ४१ रुपियाँ ३१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ १९ पैसा र बिक्रीदर ३७ रुपियाँ ३४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपियाँ २८ पैसा र बिक्रीदर ११ रुपियाँ ३३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ५३ पैसा र बिक्रीदर १५ रुपियाँ ५९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ७७ पैसा र बिक्रीदर २२ रुपियाँ ८६ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपियाँ २६ पैसा र बिक्रीदर १९ रुपियाँ ३४ पैसा, कुवेती दिनार एकको खरिददर ४९० रुपियाँ ९२ पैसा र बिक्रीदर ४९२ रुपियाँ ८७ पैसा, बहराइन दिनार एकको खरिददर ४०० रुपियाँ ६१ पैसा बिक्रीदर ४०२ रुपियाँ २० पैसा, ओमनी रियाल एकको खरिददर ३९२ रुपियाँ ५३ पैसा र बिक्रीदर ३९४ रुपियाँ ०९ पैसा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार