काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १० करोड ९२ लाख खुद नाफा कमाएको छ ।
गत वर्षको समीक्षा अवधिमा ५७ लाख ३८ हजार रुपियाँमात्रै मात्रै नाफा कमाएको बैंकले १ हजार ८०३.७१ प्रतिशत नाफा बढाएको हो ।
बैंकले आज प्रकाशित सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । गत वर्ष १७ पैसा रहेको ईपीएस बढेर वर्ष ३ रुपियाँ ५ पैसा पुगेको छ ।
बैंकको निक्षेप र कर्जा दुवैमा सामान्य वृद्धि भएको छ । गत असार मसान्तमा ३ खर्ब ४७ अर्ब २१ करोड रुपियाँ रहेको निक्षेप बढेर ३ खर्ब ४८ अर्ब २७ करोड रुपियाँ पुगेको छ ।
बैंकले प्रवाह गरेको कर्जा तथा सापटी १.३३ प्रतिशतले बढेर २ खर्ब ५० अर्ब ४२ करोड पुगेको छ भने बैंकको खराब कर्जा अनुपात (एनपीएल) सामान्य बढेर ४.७९ प्रतिशत पुगेको वित्तीय विवरणमा उल्लेख छ ।