अर्थतन्त्रको आकार ६१ खर्ब पुग्ने, चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने

काठमाडौं– चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब बराबरको हुने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आव ०८१/८२ को वार्षिक राष्ट्रिय लेखा तथ्यांकसम्बन्धी प्रेस नोट जारी गर्दै सो अनुमान गरेको हो ।

त्यस्तै, कार्यालयले चालु आवमा आर्थिक वृद्धिदर आधारभूत मूल्यमा ३.९९ प्रतिशत र उपभोक्ता मूल्यमा ४.६१ प्रतिशत हुने अनुमान गरेको छ । कृषि क्षेत्रको ३.२८ र गैर कृषि क्षेत्रको ४.२८ प्रतिशत वृद्धिदर हुने अनुमान कार्यालयले गरेको छ ।

साथै, प्राथमिक, द्वितीय र सेवा क्षेत्र अन्तर्गत क्रमशः ३.२५, ४.६५ र ४.२१ प्रतिशत वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ । जसमध्ये कार्यालयको अनुमानअनुसार प्राथमिक, द्वितीय र सेवा क्षेत्रले चालु आवमा क्रमशः २५.६, १२.४ र ६२.० प्रतिशत योगदा पुर्याउने छन् ।

चालु चालु आवमा कुल मूल्य अभिवृद्धिको सबैभन्दा धेरै वृद्धिदर विद्युत तथा ग्यास क्षेत्रको १३.८२, यातायात तथा भण्डार क्षेत्रको ९.४५, शिक्षा क्षेत्रको १.९८ र खानी तथा उत्खनन् क्षेत्रको १.९९ प्रतिशत वृद्धिदर हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार