चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आज

काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित चार जना राजदूतको संसदीय सुनुवाइ गर्ने भएको छ । समितिको बैठक आज असोज २६ गते बिहान ९ः१५ बजे सार्वजनिक लेखा समितिको सभाहलमा बस्नेछ ।

समितिले असोज २३ गते सूचना जारी गर्दै आफ्नो १७औँ बैठकमा प्रस्तावित राजदूतहरूको सुनुवाइ तथा उनीहरूविरुद्ध परेका उजुरीमाथि छलफल गर्ने कार्यसूची तय गरेको थियो ।

आजको बैठकमा प्रस्तावित राजदूतहरूविरुद्ध प्राप्त उजुरीका सम्बन्धमा उजुरीकर्ताहरूलाई समितिमा आमन्त्रण गरी छलफल गरिनेछ । सरकारले भारतका लागि डा।निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजङ्ग थापा र बेलायतका लागि गौरवशमशेर जबरालाई राजदूतमा प्रस्ताव गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार