काठमाडौं । हिम पावर हाइड्रोपावर लिमिटेडले कात्तिक ११ गतेदेखि प्राथमिक सेयर ९आईपीओ० निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो।
कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ६९ करोड रुपियाँको ३५ प्रतिशत बराबर ५९ करोड १५ लाख रुपियाँको ५९ लाख १५ हजार कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको छ। त्यसमध्ये १६ करोड ९० लाख रुपियाँ बराबरका प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यका १६ लाख ९० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।
स्थानीय बासिन्दाका लागि छुट्याइएको सेयरमध्ये १० लाख १४ हजार कित्ता दोलखाको बिगु गाउँपालिका–५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिका–२, ३ र ४ का स्थायी बासिन्दालाई वितरण गरिनेछ। बाँकी ६ लाख ७६ हजार कित्ता भने यी दुई गाउँपालिकाका अन्य वडामा स्थायी बसोबास गर्ने स्थानीयलाई बाँडफाँट गरिने कम्पनीले जनाएको छ।
त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ४ करोड २२ लाख ५० हजार रुपैयाँ बराबरका ४ लाख २२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन हुनेछ। यसमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएर विदेशमा काम गरिरहेका नेपालीले आवेदन दिन सक्नेछन्।