२४ घण्टामा खासै पानी नपरेपनि बूढीगण्डकीमा ठूलो बाढी कसरी आयो?

काठमाडौं । बूढीगण्डकी नदीमा ठूलो बाढी आए पनि सो क्षेत्रमा पछिल्लो २४ घण्टामा पानी नपरेको मौसमविद्हरूले जनकारी दिएका छन् ।

गोरखाको चुमनुब्री गाउँपालिका–६ र ७ भएर बग्ने खोलामा आज बिहानैदेखि बाढी आएको हो ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनका अनुसार सो क्षेत्रमा पछिल्लो २४ घण्टामा खासै पानी परेको छैन ।

“२४ घण्टामा हेर्ने हो भने अलिअलि पानी परेको थियो हिजो त्यहाँ । हिजो बिहान ६ बजेदेखि अहिले बिहान ६ बजेसम्मको रेकर्ड हेर्ने हो भने त्यहाँ फाटफुट मात्र वर्षा छ । ०.२-०.2 मिलिमिटर मात्र वर्षा देखिन्छ,” उनले भनिन् ।

उनका अनुसार सो क्षेत्रमा आज एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा छोटो समयमा पानी पर्ने सम्भावना छ । “त्यस्तो ठूलो वर्षाको सम्भावना छैन,” उनले भनिन् ।

बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार