नेटवर्किङ व्यवसायका नाममा हुने ठगीबाट सचेत रहन प्रहरीको आग्रह

काठमाडौं । नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अन्य विद्युतीय माध्यमबाट नेटवर्किङ व्यवसायको नाममा हुने ठगीप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले जनचेतनाका लागि विज्ञप्ति जारी गर्दै नेटवर्किङ व्यवसायका नाममा विभिन्न प्रलोभन देखाएर रकम ठगी हुने गरेको भन्दै नागरिकलाई सचेत गराएको हो।

प्रहरीका अनुसार पछिल्लो समय विभिन्न सामाजिक सञ्जाल तथा अन्य विद्युतीय माध्यमबाट पिरामिडमा आधारित नेटवर्किङ व्यवसायका नाममा सदस्य बनाउन प्रस्ताव तथा विज्ञापन गर्ने गरिएको छ। नयाँ सदस्य थपेपछि आकर्षक आर्थिक लाभ दिने भन्दै पार्सल पठाउने र त्यसपछि विभिन्न बहानामा रकम संकलन गर्ने गतिविधि हुन सक्ने प्रहरीले जनाएको छ।

त्यस्तै, आकर्षक तलब, घरमै बसेर आम्दानी, अनलाइन काम तथा आईटीरकम्प्युटरसम्बन्धी रोजगारीको प्रलोभन देखाएर नेपाली नागरिकलाई सम्पर्कमा ल्याउने, रकम तथा व्यक्तिगत विवरण संकलन गर्ने र विदेश पठाउनेजस्ता गतिविधि हुन सक्ने प्रहरीले जनाएको छ।

विदेशमा रोजगारी तथा प्रशिक्षणको प्रलोभन देखाई नेपाली नागरिकलाई विभिन्न राष्ट्रमा पुर्‍याई कागजात तथा मोबाइल जफत गर्ने, बन्धक बनाउने, शारीरिक तथा मानसिक हिंसा दिने र जबर्जस्ती लामो समयसम्म अनलाइन स्क्यामिङ गर्ने कार्यमा लगाउने जोखिमसमेत रहेको विज्ञप्तिमा उल्लेख छ।

प्रहरीले वस्तुको वास्तविक मूल्य र बजार मूल्य तुलना गरेर मात्र खरिद गर्न तथा ‘पार्सल पठाएको’ नाममा हुने ठगीबाट सचेत रहन आग्रह गरेको छ। कम्पनी कानुनी रूपमा दर्ता भएको र इजाजतपत्र प्राप्त छ कि छैन जाँच गर्न, शंकास्पद लिंक नखोल्न तथा इत्ए र अन्य संवेदनशील विवरण कसैलाई नदिन पनि प्रहरीले अनुरोध गरेको छ।

त्यसैगरी, धेरै कमाइ तथा नाफाको प्रलोभनमा नपर्न, आम्दानीको स्रोत स्पष्ट बुझ्न तथा कागजात र प्रमाण सुरक्षित राख्न प्रहरीले सुझाव दिएको छ। कुनै पनि व्यावसायिक निर्णय हतारमा नगर्न र आफूले सञ्चालन गर्ने व्यवसायले सामान्यतया सोच्नेभन्दा बढी आम्दानीको आश्वासन दिएमा त्यसमा जोखिम हुन सक्ने भएकाले सावधानी अपनाउन भनिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार