सुनको मूल्य तोलामा आज पाँच हजारले घट्यो

काठमाडौं । स्थानीय बजारमा आज साेमबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला पाँच हजार रुपैयाँले घटेको छ । चाँदीको मूल्य पनि तोलामा १४५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९४ हजार ३०० रुपैयाँ कायम छ । त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ५१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार