आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप ! ५० बढी शिक्षक घाइते, पत्रकार कार्कीको आँखामा गम्भीर चोट

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत शिक्षक र प्रहरीबीच काठमाडौंको नयाँ बानेश्वरमा झडप भएको छ ।

बिजलीबजारबाट प्रदर्शनसहित बानेश्वर पुगेका शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोज्दा झडप भएको हो । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो भने प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा प्रहार गरेको थियो ।

झडपका क्रममा ५० भन्दा बढी शिक्षकहरू घाइते भएको नेपाल शिक्षक महासंघले जनाएको छ । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै आन्दोलनको समाचार संकलन गर्न बानेश्वर पुगेकि पत्रकार सविना कार्की पनि घाइते भएकी छन् । पानीको फोहोराबाट कार्कीको आँखामा गम्भीर चोट लागेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार