आजपनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ५०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला २ लाख ९९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, शुक्रबार सुनको मूल्य प्रतिदश ग्राम २ लाख ५६ हजार रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ६२० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य प्रतिदश ग्राम ३ हजार ९६१ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार