रौतहट– टिकटक बनाउने बहानामा बोलाएर रौतहटमा एक जना बालकको गोली हानी हत्या भएको छ । प्रहरीका अनुसार १४ वर्षीय बालकलाई टिकटक बनाउन जाने भन्दै घरबाट बोलाएर चाँदी खोलामा पुर्याई हत्या गरेको पाइएको हो ।
६ वैशाखमा रौतहटको वृन्दावन नगरपालिका(७ का बालक कृष्णप्रसाद यादवलाई टिकटक बनाउने भन्दै मोबाइलमा फोन गरेर २५ वर्षीय नागेन्द्र सहनीले बोलाएका थिए ।
दिउँसो ४ बजे घरबाट बीआर०५डब्लू०१३७ नम्बरको भारतीय मोटरसाइकल चढेर गरुडा नगरपालिका(८ को चाँदी खोलामा जाने क्रममा गढीमाई मन्दिर नजिक पुगेपछि उनलाई २५ वर्षीय नागेन्द्र सहनी र साधु भनिने २२ वर्षीय अर्का व्यक्ति नागेन्द्र सहनीले बालक यादवलाई कब्जामा लिएर चाँदी खोलातर्फ लगेका थिए ।
रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेका अनुसार दुवै परिवारबीच पुरानो रिसिइबी रहेको पाइएको छ । सोही रिसिइबी साँध्न नागेन्द्रले बालक कृष्णलाई टिकटक बनाउने बाहनामा बोलाएर हत्या गरेको देखिन्छ ।