काठमाडौं । नेपालमा ग्यास आपूर्ति समस्यादेखिएसंगै इलेक्ट्रिक चुल्हो प्रयोग गर्ने बढेका छन् । खाना पकाउने एलपी ग्यासको अभाव भएको सात महिना बितिसक्दा पनि समाधान नभएका कारण पनि उपभोक्ताहरु विद्युतीय चुल्हो किन्न बाध्य बनेका छन् ।
नेपालमा विद्युतीय चुल्हो किन्ने उपभोक्ता किन्ने ग्राहक बढेसंगै आयात पनि दोब्बर भएको भएको छ ।
चालु आर्थिक वर्ष २०८३–८४ को साउन र भदौ महिनामा मात्रै ४ करोड ३७ लाख ८० हजार रुपियाँको इन्डक्सन चुल्हो आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार दुइ महिनामा १९ हजार ५ सय ८ थान चुल्हो नेपाल भित्रिएको छ ।
गत वर्षको सोही अवधिमा भने २ करोड ५७ लाख २९ हजार रुपियाँ बराबरका ११ हजार ६ सय ६३ थान चुल्हो आयात भएको थियो । गत आवको तुलनामा यस वर्ष इन्डक्सनको आयात ६९।७७ प्रतिशतले बढी हो । इन्डक्सन आयातबाट दुई महिनामा ५६ लाख रुपियाँ राजस्व संकलन भएको छ ।