२० प्रतिशत लाभांश प्रस्ताव पारित गर्न सिद्धार्थ बैंकले डाक्यो वार्षिक साधारण सभा

काठमाडौं । सिद्धार्थ बैंकले २५ औं वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको असोज ५ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार आगामी असोज २८ गते काठमाडौंमा वार्षिक साधारणसभा आह्वान गरेको हो ।

बैंकले साधारण सभामा सेयरधनीलाई हाल कायम १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ चुक्ता पुँजीको सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि समेत १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

बैंकको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीहरूलाई ८।२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत सभाले पारित गर्नेछ ।

सभामा गत आर्थिक वर्ष २०८२र८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सहायक कम्पनी ‘सिद्धार्थ क्यापिटल लिमिटेड’ सहितको एकीकृत वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

चालु आर्थिक वर्षका लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि साधारण सभामा निर्णयार्थ पेश हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार