आजदेखि ५० रुपियाँको परिमार्जित नोट बजारमा, यस्ता छन् नयाँ विशेषता

काठमाडौं । नेपाल राष्ट्र बैंकले परिमार्जित विशेषतासहित ५० रुपैयाँ दरको नयाँ बैंकनोट प्रचलनमा ल्याएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले २०८३ असोज २ गतेदेखि साविककै आकार तथा डिजाइन कायम राख्दै विभिन्न विशेषता थपिएको ५० रुपियाँको नोट चलनचल्तीमा ल्याएको हो ।

राष्ट्र बैंकका अनुसार नयाँ नोटमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त’ भन्ने प्रतिज्ञात्मक वाक्यांश राखिएको छ । नोटको अगाडिको भागमा हिमालको चित्र र लालीगुराँसको पानी छाप रहेको छ । सोही भागमा तलतिर ‘५०’ अंकित पानी छापसमेत राखिएको छ।

नोटको तल्लो भागमा ‘वि।सं। २०८२’ सिरिज नम्बर उल्लेख गरिएको छ भने नोटमा राष्ट्र बैंकका गभर्नर प्रा।डा। विश्वनाथ पौडेलको दस्तखत रहनेछ । नयाँ नोटमा १।२ मिलिमिटर चौडाइको सुरक्षा धागो राखिएको छ, जसमा ‘ल्च्द्य’ लेखिएको राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै, नोटको पछाडिको भागमा हिँडिरहेको चितुवाको चित्र राखिएको छ। चितुवाको माथिल्लो भागमा ‘ल्भ्एब्ी च्ब्क्त्च्ब् द्यब्ल्प्’ लेखिएको छ भने तल्लो भागमा ‘च्ग्एभ्भ्क् ँक्ष्ँत्थ्’ र ‘द्दण्द्दछ ब्।म्।’ सिरिज नम्बर उल्लेख गरिएको छ। राष्ट्र बैंकले साविककै आकार तथा डिजाइनमा परिमार्जित सुरक्षा विशेषतासहित नोट बजारमा ल्याएको जनाएको छ।

813698669_1700730558725869_4261580019304975454_n

प्रतिक्रिया
सम्बन्धित समाचार