वात्सल्य नेचुरल आईभीएफले ल्यायो ‘सहज मातृत्व पहल’, ९ महिनासम्म शून्य प्रतिशत ब्याजमा किस्ताबन्दी

काठमाडौं– निःसन्तान दम्पतीलाई प्रजनन् उपचार सेवा प्रदान गर्दै आएको वात्सल्य नेचुरल आईभीएफले सन्तान प्राप्तिको उपचारलाई आर्थिक रूपमा सहज बनाउने उद्देश्यले ‘सहज मातृत्व पहल’ सार्वजनिक गरेको छ ।

यस पहलअन्तर्गत सेवाग्राहीले कुनै अतिरिक्त ब्याज नतिरी ९ महिनाको समान मासिक किस्ताबन्दीमा आईभीएफ तथा अन्य प्रजनन् उपचार सेवा लिन सक्ने जनाइएको छ ।

आर्थिक व्यवस्थापन तथा एकमुष्ट उपचार खर्च जुटाउन कठिन हुँदा कतिपय दम्पतीले समयमै प्रजनन् उपचार सुरु गर्न नसक्ने अवस्थालाई ध्यानमा राखेर योजना ल्याइएको वात्सल्यले जनाएको छ । प्रजनन् स्वास्थ्यमा उमेर र समयको संवेदनशीलतालाई मध्यनजर गर्दै आर्थिक अभावका कारण उपचार प्रभावित नहोस् भन्ने उद्देश्य रहेको क्लिनिकको भनाइ छ ।

योजनाअन्तर्गत उपचारको कुल लागतलाई ९ महिनाको समान किस्तामा विभाजन गरिनेछ । यसमा अतिरिक्त ब्याज तथा लुकेको शुल्क नलाग्ने जनाइएको छ ।

किस्ताबन्दी सुविधा लिए पनि सेवाग्राहीले पाउने व्यक्तिगत हेरचाह, चिकित्सकीय मापदण्ड, वरिष्ठ विशेषज्ञको परामर्श तथा अत्याधुनिक भ्रूण प्रयोगशालाको सेवा यथावत् रहने वात्सल्यले जनाएको छ ।

त्यस्तै, योजनाका लागि आवश्यक कागजी प्रक्रिया तथा प्रमाणीकरणलाई सहज बनाइएको र २४ देखि ४८ घण्टाभित्र योजना स्वीकृत हुने व्यवस्था गरिएको जनाइएको छ ।

क्लिनिकका अनुसार यस योजनाले दम्पतीलाई आफ्नो आकस्मिक बचत एकैपटक खर्च नगरी आवश्यक प्रजनन् उपचार सुरु गर्न सहज हुने अपेक्षा गरिएको छ ।

‘सहज मातृत्व पहल’अन्तर्गतको सेवा वात्सल्य नेचुरल आईभीएफको नारायणचौर, नक्सालस्थित केन्द्रबाट लिन सकिनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार