तोलामा ३५ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । मंगलबार ९भदौ २३० सुनको मूल्य तोलामा तीन हजार ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार, सुनको मूल्य तोलामा तीन लाख पाँच हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तीन लाख एक हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य तोलामा १०० रुपैयाँ बढेको छ । यसदिन चाँदी तोलामा चार हजार ७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार