काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले १ करोड डलरको सहयोग घोषणा गरेका छन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसको जानकारी दिएका हुन् । यससँगै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १० अर्बभन्दा बढी रकम संकलन भएको जानकारी दिएका छन् ।
‘१ करोड डलरको सहयोग’ = वागलेले फेसबुकमा लेखेका छन्, ूहार्दिक आभार श्री जेन्सन हवाङ, प्रमुख कार्यकारी अधिकृत, एनभिडिया । यस अभूतपूर्व सहयोगसँगै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु। १० अर्बभन्दा बढी रकम संकलन भएको छ ।’
मन्त्री वाग्लेले एक भिडियो सन्देश जारी गर्दै सीईओ हवाङलाई सहयोगका लागि धन्यवाद दिएका छन् ।