अमेरिकाको चेतावनी : नेपालमा अचानक प्रदर्शन हुन सक्छ, सचेत रहनू

काठमाडाैँ– अमेरिकी विदेश मन्त्रालयले नेपालमा यात्रा गर्ने आफ्ना नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

नेपालमा नागरिक अशान्ति र स्थानीय स्तरमा अचानक प्रदर्शन हुन सक्ने जोखिम रहेको भन्दै उसले यात्रा चेतावनी जारी गरेको हो।

अमेरिकी विदेश मन्त्रालयले दुई दिनअघि अद्यावधिक गरेको ‘ट्राभल एडभाइजरी’मा नेपाललाई लेभल २ अर्थात् बढ्दो सतर्कता अपनाउनुपर्ने देशको सूचीमा राखेको छ।

मन्त्रालयका अनुसार सेप्टेम्बर २०२५ मा सुरू भएका देशव्यापी प्रदर्शनहरू अहिले रोकिएर अहिले नेपालको समग्र सुरक्षा अवस्था स्थिर छ। तर विशेषगरी सहरी क्षेत्रमा प्रदर्शन तथा स्थानीय अशान्ति अचानक हुन सक्ने जोखिम अझै कायम रहेको चेतावनी दिइएको छ।

‘प्रदर्शनहरू थोरै वा कुनै पूर्वसूचनाबिनै सुरु हुन सक्छन् । ती छिट्टै हिंसात्मक बन्न सक्छन्,’ यात्रा चेतावनीमा भनिएको छ।

यात्रुहरूलाई ठूलो भीडभाड र प्रदर्शनबाट टाढा रहन तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गरेका निर्देशन पालना गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार