आयात र निर्यात दुबै बढ्यो, व्यापार घाटा २४.८८ प्रतिशतले वृद्धि

काठमाडौं । चालु आव २०८३–८४ को पहिलो महिना साउनमा आयात ३१.०४ प्रतिशतले बढ्दा निर्यात ६१.७२ ले बढेको छ ।

भन्सार विभागले आज सार्वजनिक गरेको साउन महिनाको तथ्याङ्क अनुसार निर्याततर्फ सुधार देखिए पनि ब्यापार घाटा थप बढेको देखिन्छ ।

विभागका अनुसार गत साउनमा नेपालबाट ३८ अर्ब ७० करोड रुपियाँको वस्तु निर्यात भएको छ । गत आवको समीक्षा अवधिमा २३ अर्ब ९३ करोडको निर्यात भएको थियो । गत वर्षको समीक्षा अवधि भन्दा गत साउन महिनामा १४ अर्ब ७७ करोड रुपियाँले निर्यात बढेको छ ।

त्यस्तै गत साउन महिनामा १ खर्ब ८७ अर्ब ४३ करोड बराबरको वस्तु आयात भएको छ । गत आवको साउनमा १ खर्ब ४३ अर्ब ४ करोड रुपियाँको आयात भएको थियो ।

भन्सार विभागको तथ्याङ्क अनुसार व्यापार घाटा २४.८८ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार